
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् ।
उहाँ त्यो वडाका वडाध्यक्ष पनि हुनुहुन्छ । वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहनुभएको छ ।
‘तरकारीखेती हाम्रो पुरानो पेसा हो’ उहाँले भन्नुभयो– ‘म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिन ।’ करिब तीन कठ्ठा जमिनमा उहाँले गोलभेडाखेती गर्नुभएको छ । अन्यमा केराउ, प्याज, लसुनखेती गर्नुभएको छ । चौधरीले जम्मा २२ कठ्ठा जग्गामा वर्षेनी तीन बाली खेती लगाउने गर्नुहुन्छ । कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ ।
वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा हुनुहुन्छ । साउनमा काँक्रा, सिमी र बोडी रोप्ने गर्नुहुन्छ । असोजमा गोलभेडा, केराउ रोप्ने गरेको उहाँ बताउनुहुन्छ ।
‘जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन’ वडाध्यक्ष चौधरीले भन्नुभयो, “तर, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस् ।”
उहाँले उत्पादन गर्नुभएको तरकारीले उचित बजार भने पाउन सकेको छैन । भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उहाँको गुनासो छ । चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उहाँले बताउनुभयो । हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ ।
गोलभेडा, प्याज, लसुन, खुर्सानी लगायत बिक्री गरेर उहाँले वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश