
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतभित्रै गरिएको आक्रमणको सर्वत्र निन्दा हुन थालेको छ ।
डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्दति विपरीत भएको जनाएको छ ।
डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहसपैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
‘कानुन व्यवसाय स्वतन्त्र न्यायपालिकाको अङ्ग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहसपैरवी गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी अधिकार हो’ डिएलएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
डिएलए नेपालले काठमाडौँ जिल्ला अदालतबाट बाहिरिने क्रममा हुलदङ्गा, लछारपसार, कुटपीट तथा नाराबाजी गर्नु स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक पद्दति विपररीत भएको जनाएको छ । यस्तो गतिविधिमा संलग्न हुनु गैरकानुनी भएको भन्दै डिएलएले त्यसको भर्त्सना गरेको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानसहित तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न डिएलए नेपालले विज्ञप्तिमार्फत सरकारसँग अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश