
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । माघ ३ गते विहान १ बजेदेखि बृद्धिभएको मूल्य लागुहुने निगमले जनाएको छ ।
निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिअनुसार पेट्रोलको मूल्यमा २ रुपियाँ बृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा ३–३ रुपियाँको दरले बृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनले १५ जनवरी २०२५ बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूचि पठाएपछि सोअनुसार मूल्य बृद्धि भएको निगमका प्रवक्ताको भनाइ छ ।
बृद्धि मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १६५ रुपियाँसम्म पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपियाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश