
काठमाडौँँ । समाजवादी मोर्चाले काठमाडौँमा आमसभा गर्ने भएको छ । मोर्चाको बुधबार बसेको बैठकले माघ १६ गते काठमाडौँमा आमसभा गर्ने निर्णय गरेको छ ।
बैठकले काठमाडौँमा आमसभा गर्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिनुभएको छ । ‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ,’ बैठकपछि उहाँले भन्नुभयो ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि काठमाडौँमा आमसभा गर्ने निर्णय भएको प्रतिक्रिया दिनुभएको छ । ‘हामीले कार्यक्रम भनेको आमसभा भनेका हौँ, उपयुक्त स्थान हेरेर सभा हुन्छ’ उहाँले भन्नुभयो ।
महासचिव गुरुङले यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको समेत बताउनुभयो । ‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो, अब त्यसलाई अघि बढाउने प्रतिबद्धता भएको छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश