
काठमाडौँ । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटघाट गरेका छन् । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाडौँ जिल्लाका नेताहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्णयविरुद्ध घेराबन्दी गर्न पूर्वप्रधानमन्त्रीहरु देउवा र दाहाललाई भेटेका हुन् ।
काठमाडौँ उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौँका मेयर बालेन शाहले जारी गरेको सूचनाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवासँग कुराकानी गरिएको नेता डा.भट्टराईले जनाकारी दिनुभएको छ । भेटमा सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने अध्यक्ष दाहालले बचन दिएको डा भट्टराईले बताउनुभयो ।
काठमाडौँ उपत्यकाका नदी किनारमा थप २० मिटर जमिनमा कुनै पनि संरचना बनाउन नपाउने गरी सर्बोच्च अदालतले दिएको आदेश र त्यसको कार्यान्वयन गर्न काठमाडौँ महानगरका मेयर शाहले गरेको निर्णय विरुद्ध एमाले नेताहरुले अभियान संचालन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश