
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेप्से बिहीबार १२ दशमलव १० अंकले ओरालो लागेर २ हजार ७ सय २७ दशमलव ३६ मा सिमित भएको छ ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अंकले ओरालो लागेर चार सय ८६ दशमलव ३६ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कूल दुई करोड एक लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर, ९ अर्ब ६५ करोड १५ लाख १३ हजार दुई सय ४६ रुपैयाँमा कारोबार भएको छ । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यूनिक नेपाल लघुवित्त नौ दशमलव १४, नेष्डो समृद्धि लघुवित्त आठ दशमलव ४३, अप्प्र हेवाखोला हाइड्रोपावर सात दशमलव ९२ र गुडविल फाइनान्सका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स आठ दशमलव ९१, विन्दवासिनी हाइड्रोपावर पाँच दशमलव ७७, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य तीन, न्यादी हाइड्रोपावर चार दशमलव ८९ र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश