
झापा । यातायात व्यवस्था कार्यालय झापाले गएको आर्थिक वर्षमा ९३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
यातायात कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा ९३ करोड २१ लाख ६६ हजार ८ सय १३ रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९–८० को तुलनामा ५ करोड १४ लाख ७९ हजार ५ सय ६६ बढी राजस्व सङ्कलन गरेको हो ।
यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९–८० मा ८८ करोड ६ लाख ८७ हजार २ सय ४७ रुपैयाा राजस्व सङ्कलन भएको थियो । गत आव २०८०–८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार ९ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उहाँले बताउनुभयो । यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो ।
गत आव २०८०–८१ मा सबैभन्दा धेरै ७ हजार ६ सय १५ मोटरसाइकल दर्ता हुँदा १ हजार ७ सय ५ इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बस एक सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एकस २९, ट्र्याक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् ।
दर्ता भएका जम्मा सवारीमध्ये १ हजार २ सय ५७ सार्वजनिक, ९ हजार ४ सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र १ हजार ९ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ ।
निमित्त कार्यालय प्रमुख बोहराले साताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन ९आइतबारदेखि बिहीबार० चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश