
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ अभियान चलाएका छन् । मंगलबार अपह्रान्नबाट शुरु गरेको अनफलो अभियानमा बुधबार साँझ सम्ममा करिब ८० हजारले अनफलो गरिसकेका छन् र यो क्रम जारी राखेका छन् ।
हिजो अपह्रान्न सम्म ६ लाख ६२ हजार फलोअर रहेका प्रधानमन्त्री ओलीको पेजमा बुधबार साँझ सम्ममा फलोअर घटेर ५ लाख ८९ हजार पुगेका छन् । अनफलो अभियान चलेको २४ घण्टामा प्रधानमन्त्री ओलीका फलोअर करिब ८० हजारले घटेका हुन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार अपराह्न एमाले समर्थकहरुले रिपोर्ट गरेर आफ्नो स्टाटस हटाइदिएको दाबीसहिको स्टाटस पोस्ट गर्नुभएको थियो । उहाँले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गर्दै स्टाटस लेख्नुभएको थियो । त्यसपछि बालेनका समर्थहरूले प्रधानमन्त्री ओलीलाई अनफलो गर्न थालेका थिए ।
भदौ १६ गते आइतबार मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गर्नुभएको थियो ।
उक्त पोष्टमा उहाँले काठमाडौँ महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको थियो । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै मेयर बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोख्नुभएको थियो ।
त्यसको बिरोधमा एमाले निकट विद्यार्थी नेताहरूले मेयर बालेनको विरोध गरेका थिए । बिद्यार्थीहरुले बालेनले झुटो दाबीसहित प्रधानमन्त्रीलाई अनावश्यक विवादमा मुछेको भन्दै बालेनको स्टाटसको प्रतिवाद गरेका थिए ।
मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो । त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै अर्को स्टाटस पोस्ट गर्नुभएको थियो । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेख्नुभएको थियो–‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’
बालेनको यो पोष्ट पछि प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलो गर्ने क्रम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश