
काठमाडौँ । पछिल्लो २ कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने उच्च अंकले घटेको छ । नेप्से परिसूचक बुधबार ९० दशमलव ७३ अंक अर्थात् ३ दशमलव २० प्रतिशतले घटेर २ हजार ७ सय ३९ दशमलव ४६ को विन्दुमा अडिएको छ ।
आज ३ सय २० कम्पनीको २ करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर, एक लाख ३७ हजार १ सय ६३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १५ र होटल तथा पर्यटन समूह चार दशमलव ७४ प्रतिशतले घटेको छ ।
बैंकिङ तीन दशमलव १७, विकास बैंक दुई दशमलव २९, जलविद्युत् तीन दशमलव ५९, लगानी तीन दशमलव ५६, जीवन बीमा तीन दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५५ अङ्कले घटेको छ । त्यस्तै लघुवित्त एक दशमलव ३८, म्युचुअल फन्ड एक दशमलव ३७, निर्जीवन बीमा दुई दशमलव ७३, व्यापार दुई दशमलव ६८ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले घटेको छ ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ३० करोड ५२ लाख ६१ हजार ्३ सय ११ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख १९ हजार २ सय ३९ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश