
जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन र विक्री वितरण गर्ने विरुद्ध मुद्दा दायर गरेको छ । कार्यमा संलग्न उद्योग सञ्चालकमाथि मुद्दा दायर गरेको हो ।
कार्यालयले उद्योगको नमूना जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष २०८०/८१ मा ती मुद्दा दायर गरेको हो । मधेश प्रदेशको आठ जिल्ला कार्यक्षेत्र रहेको त्यो कार्यालय अन्तर्गतका कार्यालयले विभिन्न उद्योगबाट उत्पादित सामग्रीको जाँचगर्दा गुणस्तरहीन खाद्यपदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताउनुभयो । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलगङ्वा, वीरगञ्ज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आ–आफना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
अधिकृत तिवारीका अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७ खाद्यपदार्थको नमूना जाँच गर्दा ७४ वटा न्यून गुणस्तरीय पाइएका थिए । तीमध्ये ३१ वटाको मुद्दा दायर, १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ । कार्यालयले त्यस अवधिमा खाध अनुज्ञापत्र वितरण, नवीकरण र कारबाही बापत २६ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालय अन्तर्गत मधेश प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन् । त्यहाँबाट बजारको अनुगमन तथा नमूना सङ्कलन कार्य भई खाद्यपदार्थको जाँच गर्ने र गराउने कार्य हुने गरेको प्रमुख तिवारीले बताउनुभयो ।
दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नून, दाल, दलहन, प्रोशोधित पिउने पानी, गुलियोपदार्थ, मासु, दाना लगायतका खाद्यपदार्थको नमूना जाँच गरिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश