
काठमाडौँ । सत्तारुढ दल कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रहरी महानिरीक्षकबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा खतिवडाले मन्त्रीको भनाई आपत्तिजनक रहेको बताउनुभएको छ । ‘मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसदमा दिइयोस्’ सभापति खतिवडाले भन्नुभयो । मन्त्री गुरूले प्रदेश समायोजनमा असहयोग गर्ने ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्नेु’ भन्दै अभिव्यक्ति दिनुभएको थियो ।
‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न शुरुवात गरेको हो कि होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् । दोस्रो, म सत्तारुढ पक्षकै सांसद हुँ । तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर मन्त्रीहरुले चाहीँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस्’ खतिवडाले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश