
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउनुभएको छ ।
आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले देशका सबैभन्दा ठुला राजनीतिक दल मिलेर समीकरण बनाएको बताउनुभयो ।
“मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ”, मन्त्री लेखकले भन्नुभयो, “देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ ।” उहाँले स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताउनुभयो ।
त्यसैगरी उहाँले नेपाल प्रहरी र सशत्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताउनुभयो । नेपाल–भारत सिमानामा रहेकोे बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको उहाँको भनाइ छ । त्यसैगरी उहाँले बेलौरी र पुनर्वासमा रहेका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश