
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले गत शनिबार पोखरा पुगेर ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ भनि दिएको अभिव्यक्तिका कारण उहाँ विवादमा तानिनुभएको छ । मन्त्री गुरुङको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री के पी शर्मा ओलीले समेत चासो देखाउँदै प्रष्ट पार्न भन्नुभएको छ ।
मन्त्री गुरूङले गत शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै आइजिपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । मन्त्री गुरूङले अराजक अभिव्यक्ति दिएको भन्दै अहिले सामाजिक संजालमा उहाँको चर्को आलोचना भइरहेको छ।
प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान दिनुपर्ने भन्दै मन्त्री गुरूङलाई सचेत गराउनुभएको स्वयं मन्त्री गुरूङले खुलासा गर्नुभएको छ । सोमबार राष्ट्रिय समाचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले चासो राख्नुभएको बताउनुभयो ।
मन्त्री गुरूङले पोखरामा भएको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा जबाफ दिने क्रममा आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको दाबी गर्नुभयो । सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने भन्दै आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको उहाँको भनाइ थियो।
प्रधानमन्त्री ओलीले मन्त्री गुरूङलाई सरकार प्रवक्ता समेत भएको हुनाले बोल्दा सचेत हुन आग्रह गर्नुभएको मन्त्री गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश