
झापा । मेची भन्सारबाट निर्यात घटेको छ ।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा १ अर्ब ८० करोड ८२ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ। जुन गत आव २०८०र८१ को त्यही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड ७ लाख ३५ हजार रुपैयाँले घटेको हो ।
कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा २ अर्ब ७३ करोड ९० लाख ३४ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो । यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात हुने गरेका छन् ।
प्राप्त विवरणअनुसार गत साउनमा ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८० र ८१ को तुलनामा क्रमश ३८ दशमलव ०८ र ४३ दशमलव ४९ प्रतिशतले बढी हो ।
यसैगरी गत साउनमा १६ करोड १२ लाख ५२ हजार बराबरको अलैची र ३४ करोड ९२ लाख ५९ हजार बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको साउन महिनाको तुलनामा यो ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले घटेको हो ।
भेनियर सिटको निर्यात सबैभन्दा धेरै ५ सय ३ दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउली लगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश