
जुम्ला । पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण यही भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग आइतबार साँझदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहिखोलामा आएको पहिरो हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् । वर्षाका कारण दहीखोला, मालचौर यासमोड, मेअरखोला, गगनेखोला सहितका दर्जनौँ स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए ।
अवरुद्ध सडक खुलेसँगै बीच बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश