
काठमाडौँ । विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरूले आज राजधानीको शान्तिबाटिकामा सडक प्रदर्शन गरेका छन् । झमझम बर्षाको पर्वाह नगरी उनिहरु प्लेकार्ड र ब्यानरसहित सडक प्रदर्शनमा उत्रिएका हुन् ।
शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको छ । लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन् । बचत फिर्ताका लागि सरकारलाई दबाब दिन झमझम झरीका बीच प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी हानेको हो ।
उनीहरूले मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ, सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो जस्ता नारा लेखेका ब्यानर बोकेका छन् ।उनिहरुलाई सिंहदरवार जान प्रहरीले रोकेको थियो । सहकारी ठगीमा संलग्न ठगहरूलाई कारबाही गर्नुपर्ने तथा बचतकर्ताहरूको रकम सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
विभिन्न सहकारीमा बचतकर्ताले जम्मा गरेको बचत रकम सहकारी संचालकले कुम्ल्याएर भागेपछि विगत लामो समय देखि बचतकर्ताहरु आन्दोलनमा छन् । पछिल्लो समय दशैभरमा सयौँ सहकारी संचालकहरुले बचतकर्ताको रकम हिनामिना गरेर ठगी गरेका छन् । राजनीतिक आवरण र पहुँचका आधारमा सहकारीका ठगहरुले उन्मुत्ती पाउनै आएको आन्दोलनकारीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय