
सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय जङ्गली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जङ्गलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका हुन् ।
पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराईले नसुतेको एक साताभन्दा बढी भएको बताउनुभयो । उहाँले राति जङ्गलबाट आउने हात्तीको त्रासमा राति नसुतेको एक साता भएको उहाँले बताउनुभयो । प्रत्येक रात लाइट बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या भएको उहाँको भनाइ छ ।
दिनभरी बाहिर काम गरेर राति आराम गरिरहेको बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारण जाग्राम बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताउनुभयो । हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उहाँको भनाइ छ ।
भट्टाराई जस्तै बराहक्षेत्र–२ पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ । दैनिक वन्यजन्तु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारण समस्या हुँदै आएको उहाँले बताउनुभयो । यही भदौ १२ गते राति आएको हात्तीको समूहले घरमा क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो ।
यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीले आर्थिक तथा भौतिक क्षति गर्ने गरेका छन् । हात्तीपीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यसले प्रयाप्त नभएको स्थानीय बताउँछन् ।
क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्न स्थानीय सरकार र प्रशासनलाई पटकपटक आग्रह गरिएको मगरले बताउनुभयो ।
हात्तीका कारण समस्या हुँदै आएको र यसबाट पीडितलाई सुविधा र सुरक्षा दिन नसकिएको आरक्ष प्रशासनले जनाएको छ । गत साउनदेखि हालसम्म एक सयभन्दा बढी परिवारले क्षतिपूर्तिका लागि वन्यजन्तु आरक्षमा निवेदन दिएका बराहक्षेत्र–२ का वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश