
नवलपुर । विनयी त्रिवेणी गाउँपालिकामा सेफ्टी ट्यांकी सफा गर्नेक्रममा निसास्सिएर ३ जनाको मृत्यु भएको छ ।
विनयी त्रिवेणीको वडा नम्बर ७ रानी नगरस्थित भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकी सफा गर्नेक्रममा ३ जनाको जीवन गुमेको हो । सेफ्टी ट्यांकी गर्नेक्रममा निसास्सिएर ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेफ्टी टङ्कीभित्र ३ जना बेहोस भई लडी रहेको अवस्थामा उद्धार गरी उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार प्रकाशको शव जिल्ला अस्पताल नवलपरासीमा राखिएको छ । अन्य दुई जनाको शव भैरहवास्थित भीम अस्पतालमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश