
काठमाडौँ । नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा अमेरिकाको टेक्सास राज्यबाट प्रहरीले ५१ वर्षीय बवी सिंह शाहलाई पक्राउ गरेको छ । मृतक पाण्डे बस्ने अपार्टमेन्टको ढोका नजिकैको क्लोज सर्किट क्यामरामा क्याप्चर भएको फुटेज र अडियो अनुसार शनिबार साँझ ८ः४० बजे शाह पाण्डेको ढोकामा पुगेको देखिन्छ ।
फुटेजमा देखिए अनुसार शाहले दाहिने हातमा पेस्तोल बोकेका थिए । उनले पटकपटक ढोका खोल्नलाई ढोका ढकढक पारेका थिए । ढोका भित्रैबाट पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै प्रश्न गरेको आवाज सीसी टीभीको अडियोमा क्याप्चर भएको छ ।
अनुसन्धान अधिकृतहरुलाई उधृत गर्दै अमेरिकी संचारमाध्यमले लेखे अनुसार, शाहले पटक पटक ढकढक गर्दै ‘ओपन द डोर’ (ढोका खोल) भनेपछि २१ वर्षीया पाण्डेले ढोका खोलेको फुटेजमा देखिन्छ । उनले ढोका खोल्ने बित्तिकै शाहले उनलाई भित्र धकेलेका थिए र ढोका बन्द गरेका थिए । त्यसको करिब एक घण्टापछि शाह अपार्टमेन्टबाट निस्किएको भिडियोमा देख्न सकिन्छ ।
पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको थियो । उनलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबि सिंह शाहलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । अदालतले उनको संलग्नता देखिने आधार रहेको भन्दै जमानतमा छाड्न अस्वीकार गरेको छ । अर्को सुनुवाइ मंगलबार अमेरिकी समयअनुसार बिहान ९ बजे हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश