
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थी जाग्न आवश्यक रहेको बताउनुभएको छ ।
दोलखामा रहेको गाईखुरा युवा क्लबले आज आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ । त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवा त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ ।’ लागु औषध दुर्व्यसनका कारण युवाले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उहाँले यसविरुद्ध सबै एकजुट हुन आग्रह गर्नुभयो ।
उहाँले लागु औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । यसका लागि कठोर कानून आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यस अवसरमा नेकपा माओवादी केन्द्रका सांसद गङ्गा कार्की, नेपाली काग्रेसका केद्रीय सदस्य अजयवावु सिवाकोटी, विशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदूत डा विष्णुहरि नेपाल लगायतले धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो