
काठमाडौँ । अशोक कुमार चौधरीले स्थानीय तहमा बोलपत्र आह्वानदेखि योजना कार्यान्वयनसम्म चर्को अनियमितता भएको पाइएकाले किन त्यस्तो भएको हो भन्ने बारेमा सम्बन्धित निकायले छानविन गर्नुपर्ने बताउनुभयो ।
सांसद रोशन कार्कीले प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षबीच जुहारी चलिरहेकाप्रति गुनासो गर्दै तत्काल बन्द गर्न सभामुखको ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो– ‘एकले अर्कोलाई गाली मात्रै गरेको छ । नेपाली जनताले के भन्लान् ? ठूला राजनीतिक दलले के गर्नुभयो ?’
सांसद अमरबहादुर थापाले शिक्षा विधेयकमा परेको संशोधन राख्नु भएका सांसदले समय दिन नसक्दा प्रक्रिया अगाडि बढाउन समस्या भएको बताउनुभयो । उहाँले मुलुकको शिक्षा प्रणाली कस्तो बनाउने भन्ने बारेमा सबैको सार्थक सहयोगको आवश्यकता औंल्याउनुभयो ।
सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने छुट कोही कसैलाई नभएको बताउनुभयो । गरिमामय कुनै पनि आन्दोलनलाई अपमान गरिए त्यो आफूहरूलाई स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले संविधान विरुद्ध नजान आग्रह गर्नुभयो । सांसद सापकोटाले संविधान संशोधन अग्रगमनतर्फ हुनुपर्ने धारणा राख्नुभयो ।
सांसद निशा डाँगीले सडक दुर्घटना दैनिक बढोत्तरीका कारण जनधनको क्षति भएको भए पनि नियन्त्रणका लागि सरकारले उदासिनता देखाएको बताउनुभयो ।
सांसद विरेन्द्र महत्तो, सर्वेन्द्रनाथ शुक्ला, अमरेशकुमार सिंह, सञ्जयकुमार गौतम, रामहरि खतिवडा, पदम गिरी, ठाकुर गैरे, भगवती चौधरी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो