
काठमाडौँ । अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच वार्ताको तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी केही सातामा वार्ता गर्न आतुर रहेको ह्वाइट हाउसका शीर्ष सहयोगी जेक सुलिभानले बताउनुभएको छ ।
सन् २०१६ पछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बेइजिङमा तीन दिनसम्म चलेको वार्तापछि सीसँग भेटवार्ता गर्नुभएको छ । अमेरिकी सहयोगी जापान, फिलिपिन्ससँग चीनको सुरक्षासम्बन्धी विवाद बढेका समय सुलिभानले बेइजिङको भ्रमण गर्नुभएको हो ।
बेइजिङको अलङ्कृत ‘ग्रेट हल अफ द पिपुल’मा बिहीबार सीसँगको भेटघाटमा उहाँले भन्नुभयो– ‘राष्ट्रपति बाइडेन आगामी सातामा तपाईंसँग फेरि संवाद गर्न उत्सुक हुनुहुन्छ ।’
उहाँले अगाडी भन्नुभयो– ‘राष्ट्रपति बाइडेन साउथ चाइना सी क्षेत्रमा देखिएको समस्यालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र यसका कारण प्रतिस्पर्धा द्वन्द्व वा मुठभेड नहोस् भन्नेमा प्रतिवद्ध हुनुहुन्छ । राष्ट्रपति बाइडेनले जहाँ आफूहरूकोे हित मिल्छ त्यहाँ मिलेर काम गर्न सकियोस् भन्नेमा दृढ हुनुहुन्छ ।’
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चीन र अमेरिकाबीच वैचारिक भिन्नताका रहेपनि यसलाई वार्ता र छलफलका माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिनेमा चीन विश्वस्त रहेको भेटघाटमा चिनियाँ राष्ट्रपति सीले सुलिभानसँग बताउनुभएको छ । ‘चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासको लक्ष्यप्रति चीनको प्रतिबद्धतामा कुनै परिवर्तन आएको छैन’ भेटघाटमा सीले भन्नुभयो। ‘हामीलाई विश्वास छ अमेरिका र चीनले मिलेर अघि बढ्नेछन्’ चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै सुलिभानले भन्नुभयो ।
बुधबार सुलिभान र उच्च कूटनीतिज्ञ वाङले आफ्ना नेताहरूले आगामी सातामा वार्ता गर्ने योजनाबारे छलफल गरेका थिए। पछिल्लो समय विवादित सामुद्रिक क्षेत्रमा चीनको बढ्दो आक्रामक दृष्टिकोणलाई लिएर उनीहरूबीच तनाव बढेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर