
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा नौ घण्टासम्म बयान दिनुपरेको बताउनुभएको छ । उहाँले त्यसबारे अहिले नै संसदीय समितिको फैसला नआइसकेको भन्दै प्रमाण खोई भनेर खोज्नेहरूलाई रिपोर्ट आउन्जेल कुरेर बस्न आग्रह गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको प्रमाण भएको तथा संसदीय समिति गठन हुँदा आफूहरुले देखाएका प्रमाणहरु संसदीय समितिलाई बुझाइसकेको बताउनुभयो ।
महामन्त्री थापाको भनाई-
‘केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसद्मा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यसको टीओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । ती प्रमाणहरु भएकै कारण होला कि नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले नै आएको होला । मलाई त समितिमाथि पूरा विश्वास छ । सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । बरु साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ मलाई । अहिले बयान भएको हो । सफाइ पाएको होइन । फैसला त आउनै बाँकी छ ।'
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो