
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक फेरि घटेको छ । नेप्से परिसूचक बिहीबार ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर २ हजार ७ सय ४९ दशमलव ५७ मा ओर्लेको छ ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ३५ अंकले ओरालो लागेर ४ सय ८९ दशमलव ७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा कमी आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ ।
कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर, १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३ सय ६५ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
रसुवागढी हाइड्रोपावर ९ दशमलव ९९, मिड सोलु हाइड्रोपावर ८ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ६२ प्रतिशतले कमाएका छन् ।
थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर ५ दशमलव शून्य ८, तारागाउँ रिजेन्सी होटल ४ दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर