
काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभएको छ । आजको बैठकमा सांसदहरुले चाडपर्व नजिकिएसँगै महँगी बढ्ने भन्दै बजार अनुगमन गर्न सरकारलाई सुझाव दिनुभएको हो ।
बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले दलित भूमिहीन सुकुम्वासीको मुहारमा खुसी आउन नसकेको बताउनुभयो । “मुलुकमा एक लाख ६० हजार भूमिहीन नागरिक छन्, भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउने कानुन बने पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
सांसद अञ्जली श्रेष्ठले महिला हिंसाको घटना दिनप्रतिदिन बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद अनिसा नेपालीले बजेट ढिला निकासा हुँदा तोकिएका कार्यक्रम समयमा सम्पन्न गर्न नसकिने बताउनुभयो । सांसद अनितादेवीले किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै कृषिजन्य वस्तुको बजार सुनिश्चित र बीमाको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद अर्जुननरसिंह केसीले हवाई दुर्घटना रोक्नका लागि आवश्यक पहल थाल्नुपर्ने सुझाव दिनुभयो । सांसद अस्माकुमारी चौधरीले गुठी ऐन समयमा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद ईश्वरबहादुर रिजालले नेपाली भूमिको संरक्षण हुनुपर्ने बताउनुभयो ।
सांसद उदयशमशेर जबराले कान्ति लोकपथको चापागाउँ–सुनाकोठीको केही स्थानमा बाटो साघुँरो भएकाले गाडी आततजावत गर्दा जाम हुने समस्या रहेको भन्दै उक्त क्षेत्रका बासिन्दा क्षतिपूर्ति लिएर घर भत्काउन सहमत भएकाले मुआब्जा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभयो ।
सांसद उर्मिला माझीले सत्ता पक्षले परिस्थितिलाई विद्यमान समस्या दीकालीन रुपमा समाधान गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सांसद ईश्वरी घर्तीले मुमुलका कतिपय स्थानमा हैजा फैलिरहेको भन्दै जनचेतनामार्फत हैजा व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । सांसद एकनाथ ढकालले सार्क शिखर सम्मेलन गरी सार्कलाई सक्रिय बनाउन नेपालमा सम्मेलन आयोजना गर्न सरकारले पहल थाल्नुपर्ने बताउनुभयो ।
सांसद कान्तिका सेजुवालले लैङ्गिक समनाताका लागि समसामयिक बहस गर्न जरुरी रहेको बताउनुभयो । सांसद कालुराम राईले सडकका खाल्टा पुर्न र सडक सुधार गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद किरणकुमार साहले संविधान संशोधन गरी समयसापेक्ष बनाउँदै जानुपर्ने बताउनुभयो ।
शून्य समयमा सांसद गणेश पराजुलीले महँगी व्यवस्थापन गरेर आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गोमालाल सापकोटाले वायु प्रदूषण नियन्त्रण गरी नागरिकको स्वस्थ रहने हक सुनिह्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद गङ्गा कार्कीले नजिकिँदै गरेको चाडपर्वमा बढ्दो बजार भाउ नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो । सांसद गङ्गाप्रसाद यादवले भ्रष्टचाार निन्त्रयण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
आजको बैठकमा सांसद गङ्गाराम चाौधरी, अम्मरबहादुर रायमाझी, डा चन्दा कार्की भण्डारी, डा चन्द्रकान्त भण्डारीले, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ डम्डुल लामा (भोटे), छिरिङल्हामु लामा, जावेदा खातुन जागा र जुली कुमारी महतो (महासेठ) ले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर