
बागमती । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।
घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ११ अर्ब ६० करोड ७६ लाख ५० हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सो आवमा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ६ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् ५ अर्ब ४८ करोड ९३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत आव २०८०÷८१ मा अनुमानभन्दा १६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । शीर्षकमा७ अर्ब २५ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा ६ अर्ब ११ करोड ५७ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख उपाध्यायले बताउनुभयो ।
प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ७ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा ६ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ सङ्कलन भएको छभने अन्तःशुल्क करबापत ३ अर्ब ३४ करोड २३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा २ अर्ब ३२ लाख १२ हजार रुपैयाँ मात्र प्राप्त भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत ८ अर्ब १ करोड ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा ५ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ मात्र प्राप्त भएको प्रमुख उपाध्यायले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो