परराष्ट्रमन्त्रीद्वारा युक्रेनको कब्जामा रहेका ७ नेपाली मुक्त गर्न माग
2081-12-04
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने क्रममा नयाँ दिल्लीमा रहनुभएका उहाँहरुबीच आज भेटवार्ता भएको हो ।