
ललितपुर । उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताउनुभएको छ ।
गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज भएको फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको बताउनुभयो ।
उपसभामुख राना मगरले आफू चीनमा पुग्दा त्यहाँको रहनसहन र परम्परागत संस्कृतिलाई देख्ने मौका पाएको बताउनुहुँदै त्यहाँको प्राकृतिक सुन्दरता, रीतिरिवाज, परम्परागत संस्कृतिहरुको प्रतिनिधित्व फोटो प्रदर्शनीले गरेको उल्लेख गर्नुभयो ।
‘फोटोले धेरै परिवर्तनका कुराको प्रतिनिधित्व गरेको छ । प्रदर्शनीमा राखिएका फोटोले देशमा आएको परिवर्तन, त्यहाँको कला, संस्कृति, वेषभूषा, रीतिरिवाजको पनि प्रतिविम्बित गर्दछ’ उहाँले भन्नुभयो– ‘दुई देशबीच धेरै कुरामा समानता पाइन्छ । देशको भौगोलिक सीमाना कोरिए पनि मानवीयताको कुनै सिमाना हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ ।’
गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले फोटोग्राफीको विकास, प्रवद्र्धनमा लागेको आफ्नो संस्थाबाट विश्व सम्पदा सूचीमा प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले फोटो प्रदर्शनीबाट दुई देशबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले एकले अर्को देशको नागरिकस्तरमा सम्बन्ध कायम गर्ने अवसर मिलेको बताउनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समाजका अध्यक्ष प्रदीपराज वन्तले प्रदर्शनीले चाइनाको अनुभूति दिलाउँदै नेपाल र चाइनाबीचको पर्यटनलाई प्रवद्र्ध्न गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले फोटो प्रदर्शनीले दुई देशबीच सामिप्यता बढाउने बताउनुभयो ।
नेपाल चाइना फ्रेण्डसीप फोरमका अध्यक्ष डा कल्याणराज शर्माले चीनको हरेक सहरको उत्तिकै विकास भएको बताउनुहुँदै त्यहाँको रहनसहन नेपालसँग मिल्दोजुल्दो भएको बताउनुभयो । उहाँले गान्सु प्रदेश जनजातिको बस्ती भएको बताउनुहुँदै त्यहाँको फोटो प्रदर्शनीले नेपालको विकासका लागि पनि सहयोगी हुनसक्छ भन्ने अपेक्षा रहेको बताउनुभयो ।
नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलका अध्यक्ष डा हरिश्चन्द्र शाहले यस प्रदर्शनीले नेपाल र चीनबीचको प्राचीन सभ्यता र संस्कृतिलाई नजिकबाट बुझ्न सहयोग पुर्याएको र सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्याउने बताउनुभयो ।
तीन हजार भन्दाबढी सदस्य रहेको गान्सु मोर्डन फोटोग्राफी संस्थाबाट १६ जना उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल