
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभएको छ ।
अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रुपन्देहीले आज धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले बताउनुभयो । उहाँले धार्मिक र जातिय द्वन्द्व जस्ता गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने उहाँले बताउनुभयो । प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रूपमा शान्त भएको बताउँदै सधैँ शान्त राख्न सजग भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले धार्मिक सद्भाव सङ्घका तर्फबाट सम्मान गरिएको हो । सङ्घका उपाध्यक्ष चन्दा थापाले प्रदेश प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन् । संस्था देशभर धार्मिक द्वन्द्व हुन नदिने गरी काम गर्न स्थापना भएको उपाध्यक्ष थापाले बताउनुभयो ।
धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले मियाँको अध्यक्षतामा रुपन्देहीमा अन्तर धार्मिक सद्भाव सङ्घ गठन गरिएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष प्रदेश प्रमुख नियुक्त भएपछि सम्मान गर्न रुपन्देहीको टोली कैलालीको धनगढी पुगेको हो ।
सम्मान कार्यक्रममा रुपन्देहीका शोभाकर पौडेल, सुरेश थापालगायतले प्रदेश प्रमुख मियाको नियुक्तिका लागि बधाई र कार्यकालको सफलताको शुभकामना दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै