
म्याग्दी । मङ्गला गाउँपालिका १ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास (होमस्टे) पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन ।
टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताउनुभयो । “शुरु गरेको डेढ वर्षमा पाहुनाले दिन खाली हुँदैन्थ्यो, विदेशी पर्यटक पनि आउन थालेका थिए”, उहाँले भन्नुभयो, “कोरोनाको महामारी फैलिएपछि घरबासमा पाहुना आएका छैनन्, पाहुना आउने आशामा छौँ ।”
गण्डकी प्रदेश सरकारको सहयोगमा पूूर्णगाउँका ११ घरमा सञ्चालन भएको घरबासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता रहेको छ । दूूध, दहीसहितको अर्गानिक सादा खाना दुई सय रुपैयाँ, मासु खाना तीन सय तथा ‘बेड’को एक हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
फापर, आलुु, मुला तथा बर्खायाममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ । साथै यहाँ पारिवारिक वातावरणमा रमाउन पाइन्छ । गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको घरबास सञ्चालक गङ्गा आचार्यले बताउनुभयो । पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उहाँले बताउनुभयो ।
अग्रिम जानकारी गराए खीर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुख््र्यौली र पञ्चेबाजामा रमाउन पाइन्छ । उहाँका अनुसार पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ ।
म्याग्दीको बेनीदेखि एक घण्टा ३० मिनेट गाडी र पाँच घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुुगिन्छ । पूर्णगाउँदेखि एक घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको टोड्के पुगिन्छ ।
लालीगुराँसको जङ्गलकाबीचमा रहेको पहाडको टाकुरा टोड्केदेखि सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरि, नीलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छे« हिमाल अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा टोड्केको पाखा लालीगुराँस फुलेर रङ्गिएको छ ।
छोटो अवधिको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनका लागि टोड्के उपयुक्त गन्तव्य हो । सडक यातायात पुगेको टोड्केमा खान, बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ ।
धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुँदै मालिका, ठाडाखानी, कुइँनेखानी, झिँलगायतका गाउँ र धार्मिक पर्यटकीयस्थलको भ्रमणमा पनि जान सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल