
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतबाट स्वीकृत .गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमा सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिका छलफल भएको छ ।
राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित विधेयकमा सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक चैत १५ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल