
काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्राको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगरीदिन आग्रह गर्नुभएको हो । विज्ञप्तिमा घटनाबारे गम्भीररूपमा अनुसन्धान भइरहेको पनि उल्लेख छ ।
“विद्यालयको होस्टलका अन्य साथीसहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुण्डी छात्राको मृत्यु भएको घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटी घटनास्थल र मृतक शवको सुक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका काम सम्पन्न गरी हाल सो घटनाको गम्भीररूपमा थप अनुसन्धान भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।
बालबालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । “घटनाबारे वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने पीडित परिवार र सम्पूर्णमा विश्वास दिलाउँछौँ”, प्रहरीले भनेको छ ।
प्रहरीले घटनाको तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान जारी रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सम्प्रेषित विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग