+

मादी नदीले बगाएका बालक २ दिनदेखि बेपत्ता

तनहुँ । व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् ।सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन् । बालक व्यास–४ स्थित कन्काई बोडिङ स्कूल कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ । 

उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएको थियो । सोमबार दिउँसो १ बजेको समयमा मादी नदीले एक बालक बगाएको भनी प्रहरीमा सूचना प्राप्त भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार जानकारी पाएलगत्तै खोजतलासका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो । मङ्गलबार साँझसम्म खोजीलाई निरन्तरता दिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । 

ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँले भन्नुभयो, ‘घटनाका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट