+

रुसलाई विभाजन गर्न खोज्नेहरुविरुद्ध प्रतिशोध लिने पुटिनको वाचा

काठमाडौँ । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई विभाजन गर्न खोज्नेहरुविरुद्ध प्रतिशोध लिने वाचा गर्नुभएको छ । 

राष्ट्रपति पुटिनले बिहीबार आफ्नो देशको शक्तिशाली कानून प्रवर्तन एजेन्सीहरूको प्रभावकारिता र अटुट वफादारीको प्रशंसा गर्दै रुसी समाजलाई विभाजन गर्न खोज्ने विरुद्ध बदला लिने वाचा गर्नुभएको हो ।

पुटिनले युक्रेनमा चलिरहेको आफ्नो सैन्य आक्रमणका बीच नागरिक समाज, स्वतन्त्र मिडिया र विपक्षीहरूमाथि दशकौं लामो दमनलाई बढाएको छ र क्रेमलिनप्रतिको असहमति र आलोचकलाई वर्षौं लामो जेल सजाय दिइएको छ । ‘हाम्रो समाजलाई विभाजन गर्न मानिसहरुलाई त्रसित बनाउने, धार्मिक वा राष्ट्रिय भावनाहरूसँग खेल्ने प्रयास गर्नेहरू कहिल्यै सफल हुने छैनन्’ क्रेमलिनले पोस्ट गरेको भिडियो सन्देशमा पुटिनले भन्नुभयो– ‘अपरिहार्य र न्यायपूर्ण प्रतिशोध उनीहरूको प्रतीक्षामा छ ।’

रुसले नियमित रूपमा क्रेमलिनको विरोध गर्नेहरूलाई वर्णन गर्न यस्तो भाषा प्रयोग गर्दै आएको छ । पुटिनले रुसको ‘अनुसन्धान अधिकारी दिवस’ को अवसरमा आयोजित समारोहमा यस्तो अभिव्यक्ती दिनुभएको हो । 

उहाँले समारोहलाई सम्बोधन गर्दै अनुसन्धान समिति र एफएसबी सुरक्षा सेवासहित विभिन्न रूसी कानून प्रवर्तन एजेन्सीलाई सम्मान व्यक्त गर्नुभयो । ‘अनुसन्धानकर्ताहरूले पितृभुमि र हाम्रा जनताप्रति बिना शर्त वफादारी देखाउँदै आएका छन्’ पुटिनले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट