
लेखनाथ सिकारु
काठमाडौँ। पदाधिकारी चयन लगायत विषयमा छलफल नेकपा एकीकृत समाजवादीको कमिटी बैठक शुरु भएको छ ।
पार्टी मुख्यालय आलोकनगरमा आयोजना गरिएको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
एकीकृत समाजवादीको १० औँ महाधिवेशन सकिएको महिना दिन हुन लाग्दा समेत केन्द्रीय पदाधिकारी चयन भएको छैन । महाधिवेनबाट ९३ जना केन्द्रीय सदस्य घोषणा गरिएको थियो । पार्टी विधानमा तोकिए अनुरुप अझै २ सय ६ केन्द्रीय सदस्य पद रिक्त छन्।
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसलाई मुख्य आधार बनाएर नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने महासचिव घनश्याम भुसालले बताउनुभयो ।
असार १६ देखि २० को महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो । केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको हो ।
पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपमहासचिव, सचिवका साथै केन्द्रीय सदस्यमा पदभन्दा बढी नेता आकांक्षी भएपछि सहमति जुट्न नसकेको हो । केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।
‘पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी बढी भएकाले मिलाउन बाँकी छ,’ प्रवक्ता खतिवडाले भन्नुभयो ‘अब नयाँ केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने छ, त्यसपछि वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिव सहित १९ पदाधिकारी छनौट प्रकृया अगाडि बढ्नेछ ।’
समावेशीकरणको सिद्धान्त अनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ। एकीकृत समाजवादीमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित भएको छ । पार्टीले समावेशिताको अनुपात र सङ्ख्या निर्धारण गरी भूगोल, खुला क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू ९, मुस्लिम ६, अल्पसङ्ख्यक ३ र अपाङ्गता भएका व्यक्ति २ प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ ।
समावेशीकरणको सिद्धान्तअनुसार समावेशी महिला र समावेशी खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । युवा, प्रौढ र वृद्धको सहभागितालाई सुनिश्चितता गरेको पार्टीले हरेक तहको कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी र बढीमा दुई कार्यकाल मात्र कार्यकारी प्रमुख रहने व्यवस्था छ ।
अब केन्द्रीय सदस्य हुन व्यक्ति कुनै समुदाय, लिङ्ग वा उमेर समूहको भएर मात्र पुग्दैन । विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीचको लोकप्रियतालाई आधार बनाइएको छ । यो व्यवस्था विधानको अपरिवर्तनीय धाराका रूपमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन