
खोटाङ। समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।
अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।
निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भाजपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।
सोही कार्यक्रममा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी केशरमान राई र अर्थमान राईले दुई÷दुई रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । जग्गादाता राईद्वयलाई सम्मान गरिएको थियो ।
दश स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा जिल्ला प्रहरी कार्यालय, छवटा इलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा गार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन