
काठमाडौँ । टोकियोले बुधबार टोयोटाका प्रमुख लगायत अन्य १२ जना वरिष्ठ जापानी व्यापारीलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने रूसको निर्णयको विरोध गरेको छ ।
रूसी विदेश मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा टोयोटाका अध्यक्ष अकिओ टोयोडा, राकुटेन प्रमुख हिरोशी मिकितानी र सरकार समर्थित जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष अकिहिको तनाकाको नाम समावेश रहेको छ ।
‘जापानले विशेष सैन्य अपरेशनको सम्बन्धमा हाम्रो देशविरुद्ध जारी गरेको प्रतिबन्धहरूको प्रतिक्रियामा यो निर्णय गरिएको हो’ रूसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
रूसले मित्सुबिशी, होन्डा र सोनीजस्ता प्रमुख जापानी कम्पनीका प्रमुखको नाम समावेश नभएको त्यो सूचीका लागि व्यक्तिहरू कसरी छानिए भनेर व्याख्या गरेको छैन । जापानले किएभलाई आर्थिक र भौतिक समर्थन प्रदान गरेको छ भने रूसी व्यक्ति र संस्थालाई प्रतिबन्ध लगाएको छ ।
जापानको संविधानले हतियार निर्यात गर्न प्रतिबन्ध लगाएको छ । तर डिसेम्बरमा टोकियोले घरेलु रूपमा निर्माण गरिएको प्याट्रियट मिसाइल संयुक्त राज्य अमेरिकामा निर्यात गर्न आफ्नो हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो । युक्रेनमा आपूर्ति गरिएका कारण अमेरिकामा कम भएका हवाई रक्षा मिसाइलको सङ्ख्या बढाउने उद्देश्यले जापानले यो कदम चालेको हो ।
‘रूसको यस घोषणाले जापानी कम्पनीको निष्पक्ष गतिविधिलाई प्रतिबन्धित गर्नेछ जुन पूर्ण रूपमा अस्वीकार्य छ’ जापानी सरकारका प्रवक्ता योशिमासा हयासीले बुधबार भन्नुभयो– ‘रुस–युक्रेन द्वन्द्वका कारण हामीमा लगाइएका प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुनको स्पष्ट रूपमा उल्लङ्घन हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन