
काठमाडौँ । कोराना भाइरस संक्रमण (कोभिड–१९) को महामारीपछि नेपालको पर्यटन क्षेत्रले बल्ल लय समातिरहेको छ । यही बेला अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सम्भावित राजनीतिक द्वन्द्वबाट सतर्क रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेपछि पर्यटन व्यवसायी चिन्तित भएका छन् । अन्य मुलुकले समेत यसलाई अनुसरण गर्ने र पर्यटन क्षेत्रमै असर पर्ने भएकाले सरकारले गम्भीर रूपमा लिनुपर्ने सरोकारवालाको सुझाव छ ।
पर्यटन बोर्डका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय हुने गरेका छन् भने अमेरिकी नागरिक दोस्रोमा पर्छन् । अहिले अमेरिकी सरकारले नेपाल भ्रमणका क्रममा सतर्क रहन आग्रह गर्दै जारी गरेको नयाँ ट्राभल एडभाइजरीले नेपाल आउने पर्यटकलाई सोझै असर गर्ने व्यवसायीको चिन्ता छ । खासगरी पहिल्यै टिकट बुकिङ गरिसकेकाबाहेक सन् २०२४ को सुरुवातमा नेपाल आउन चाहने पर्यटकलाई धेरै असर गर्ने व्यवसायीको बुझाइ छ ।
शान्तिपूर्ण राजनीतिक प्रदर्शन कहिलेकाहीँ हिंसामा परिणत हुँदा सुरक्षा अधिकारीहरूले बल प्रयोग गर्न सक्नेतर्फ चनाखो हुन अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीले अन्य मुलुकका पर्यटकलाई समेत प्रभाव पार्ने पर्यटन बोर्डको भनाइ छ । अमेरिकाले ट्राभल एडभाइजरी जारी गरेको ४ दिनपछि गत शुक्रबार क्यानडाले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा उच्च सतर्कता अपनाउन र आपत्कालीन सहयोग लिनसमेत सचेत गराएको छ ।
नेपालमा पृथक् राजनीतिक हिंसाको सम्भावना बढेको भन्ने अमेरिकी विदेश मन्त्रालयको भनाइले युरोपियन युनियन, बेलायत, जापान र अस्ट्रेलियाले समेत अनुसरण गर्न सक्नेतर्फ सरकार सचेत रहनुपर्ने पर्यटन बोर्डका पदाधिकारीको भनाइ छ ।
अमेरिकाले विभिन्न देशको अवस्थालाई हेरेर चार तहको ट्राभल एडभाइजरी जारी गर्दै आएको छ । नेपालमा यसअघि सामान्य अवस्था जनाइने यु श्रेणीको ट्राभल एडभाइजरी प्रयोग भइरहेकोमा यसपटक सावधानीको तह बढाएर दोस्रो अर्थात यु श्रेणी बनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी