
पोखरा । नेकपा एमालेको कास्की जिल्ला कमिटी अधिवेशनमा गुटगत प्रतिस्पर्धा हुने भएको छ ।
एमाले गण्डकीमा पछिल्लो समय हरेक तहमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटबीच प्रतिस्पर्धा हुँदै आएको छ । कास्की जिल्ला कमिटी अधिवेशनमा पनि त्यही प्रवृति देखिएको हो ।
अध्यक्षमा पृथ्वीसुब्बा समूहबाट माधव बास्तोलाले र खगराज समूहबाट बैनबहादुर अधिकारी क्षेत्रीले मनोनयन गर्दा गराउनुभएको छ । दुवै गुटभन्दा बाहिरबाट विवेक त्रिपाठीले उम्मेदवारी दिनुभएको छ ।
पृथ्वीसुब्बा समूहबाट अध्यक्षको दाबेदार बन्नुभएका बास्तोला युवा संघबाट राजनीतिमा सक्रिय हुनुभएको हो । खगराज पक्षबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुनुहुन्थ्यो ।
बास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र सीता विकको उम्मेदवारी परेको छ । वैनबहादुर प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा सन्तु सुवेदी र लालबहादुर परियारको उम्मेदवारी परेको छ ।
उपसचिवमै प्यानल बाहेकबाट संगीता सुवेदीले पनि उम्मेदवारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै