
दाङ । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु १/१ लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु २/२ लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु ५/५ लाख सहयोग गर्ने सहमति भएको छ ।
पीडित र पीडक पक्षबीच आज भएको सहमतिअनुसार मृतक परिवारका सदस्य राप्ती गाउँपालिका–३ मसुरिया निवासी लालबहादुर केसीलाई योग्यताबमोजिम नेपाल विद्युत् प्राधिकरणमा रोजगारको व्यवस्थापन गर्ने सहमति भएको छ ।
पीडित पक्षका घाइतेको उपचारमा लागेको खर्च, दाहसंस्कार तथा किरिया खर्चका लागि ६० हजार तथा थप राहतका लागि पालिकाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिसमक्ष पेस गर्ने सहमति भएको छ ।
त्यसैगरी, पीडित परिवारलाई नगद राहत उपलब्ध गराउने तथा पीडित परिवारकी मृतक दिलसरा केसीको छोरी ईश्वरी सुनारलाई कक्षा १० सम्म राप्ती गाउँपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । पीडित पक्षले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । विद्युत्को लाइन चुँडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीनजनाको मृत्यु भएको थियो ।
हाइटेन्सन लाइनको विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो । दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो । घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै