
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तयार पारेको महाधिवेशन सम्बन्धी दस्तावेज अन्तिम चरणमा पुगेको छ ।
एकीकृत समाजवादीको अब बस्ने लेखन समिति र सचिवालयको संयुक्त बैठकले महाधिवेशन दस्तावेजलाई पूर्णता दिने भएको छ । एकीकृत समाजवादीले त्यसको लागि आउँदो आइतबार दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बोलाएको छ ।
बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय दस्तावेज लेखन समिति बनाएको थियो । समिति दस्तावेज लेखन कार्य अन्तिम चरणमा पुयाृएको हो । अबको बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुने प्रवक्ता खतिवडाले बताउनुभयो ।
प्रवक्ता खतिवडाका अनुसार बैठकमा आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस सम्भावित उमेदवारबारे समेत छलफल गनेछ ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै