
काठमाडौँ । पारिवारिक कलहले पुनः अर्को परिवारलाई ठूलो संकटमा पुर्याएको छ। हालका वर्षहरूमा पारिवारिक मनमुटाव र बिवादका कारण हत्या तथा आत्महत्याका घटनाहरू वृद्धि हुँदै गएका छन् । कार्तिक २१ गते बुधबार पशुपति मन्दिर नजिकैको भण्डारखालको जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए।
साँझ करिब ९ः३० बजे इलाका प्रहरी कार्यालय गौशालाको गस्ती टोलीले भण्डारखाल जंगलको छेउमा एक पुरुषको शव देखेपछि तत्काल अनुसन्धान शुरु गरेको थियो । शवको प्रारम्भिक पहिचान मृतकको साथमा रहेको सवारी चालक अनुमतिपत्रबाट भएको थियो । जसअनुसार मृतकको नाम दिलिप खनाल रहेको खुलेको थियो।
मृतकको उमेर ४५ वर्षको रहेको प्रहरीले जनाएको् छ । प्रहरीको टोलीले घटना स्थलमै प्रारम्भिक अनुसन्धान गरी शवलाई पोसमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको थियो।
२०७० सालको जेठ महिनामा विवाह गरेका मृतक दिलिप खनालकी श्रीमती जिना महर्जन हाल क्यानडामा वर्किङ्ग भिसामा रहेकी कार्यरत छिन्। घटनाबारे जानकारी पाएपछि उनी अत्यन्तै विचलित भएकी छिन्। नेपालकैरनसंगको सम्पर्कमा आएकी महर्जनले घटनाले आफुलाई स्तब्ध बनाएको संक्षिप्त प्रतिक्रिया दिएकी छन् ।
पोस्टमार्टम रिपोर्ट र प्रारम्भिक अनुसन्धान
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलमा धानखेतीमा प्रयोग हुने मेटासिट नामक विषादी खोलिएको अवस्थामा फेला पारेका थिए। प्रारम्भिक रूपमा आत्महत्या हुन सक्ने आशंका गरिए पनि शिक्षण अस्पतालबाट प्राप्त पोस्टमार्टम रिपोर्टले घटनालाई अन्तै डोहोर्याएको छ । पोसमार्टम रिपोर्ट अनुसार रिपोर्ट अनुसार, मृतकको मुखमा विषादीको संकेत भेटिएपनि उनको मृत्युको कारण भने "छातीमा गम्भीर चोटका कारण अत्यधिक रक्तश्राव" भएको देखिएको छ।
हत्या कि आत्महत्या ?
प्रहरीसँगको प्रारम्भिक बयानमा मृतकका दाजु दीपक खनालले आफ्ना भाइले आत्महत्या गरेको हुन सक्ने बताएका थिए। तर, अनुसन्धानको क्रममा प्राप्त प्रमाणहरू मेल नखाएपछि प्रहरीको शंका मृतकका दाजुतर्फ सोझिएको छ। हाल सम्पर्कविहीन रहेका दीपक खनाल माओवादीको प्रभावशाली युवा संगठन वाई सी एल नेपालका पूर्व उपत्यका इन्चार्ज भएको रहस्य खुलेको छ । भाईको मृत्यु भएको घटनको ५ दिन सम्म प्रहरी सम्पर्कमा रहेका खनाल पोसमार्टम रिपोर्ट आएपछि भने सम्पर्क विहिन भएकाले प्रहरीले उनको खोजी गरिरहेको छ ।
मृतकका ससुरा दानबहादुर महर्जनले प्रहरीमा दिएको किटानी जाहेरीमा आफ्ना ज्वाइँको हत्या दीपक खनालले नै गरेको दाबी गरेका छन्। उनका अनुसार, "बिगतमा पनि दीपकले छोरी जिना महर्जन र ज्वाइँ दिलिप खनालमाथि सांघातिक आक्रमण" गरेका थिए। असुरक्षाका कारण जिना नेपाल फर्कन नसकेको समेत दानबहादुरको भनाइ छ। नेपालकैरनसंग कुरागर्दै महर्जनले भने, "मेरा ज्वाईंको हत्या दीपकले नै गरेका हुन, मैले प्रहरीमा किटानी जाहेरी समेत दिएको छु । पुर्खैली सम्मत्तिको किचलो बिगत देखि नै थियो, अहिले छोरी विदेशमा भएको बेला यहाँ ज्वाईको हत्या भयो, यो सबै सम्पक्तिकै लागि हो, यो घटनाले मेरी छोरीको समेत असुरक्षा बढ्यो," उनले भने ।
सम्पत्ति विवादको पृष्ठभूमि
दुई दाजुभाइबीच विगत लामो समयदेखि सम्पत्तिको विषयमा विवाद रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बिगतमा पनि दीपकले दिलिपलाई गम्भीर रूपमा कुटपिट गरेका थिए, जसका कारण उनीहरूको सम्बन्ध अत्यन्तै तनावपूर्ण थियो। मृतककी श्रीमती जिनाका अनुसार, दीपक र उनकी पत्नी सिताले अन्तजातिय विवाहका कारण आफुलाई बारम्बार अछुतको व्यवहार गर्दै उनलाई भान्सामा समेत प्रवेश गर्न नदिएको र उनको परिवारमाथि समेत गालि गलौज गर्दै आएका थिए ।
दुई दिनअघिमात्रै संगै भाइटिका लगाएका दिपक र दिलिपका बिचमा कुनै संवाद नभएको मृतककी बहिनि सम्झना खनाल (पाण्डे)ले जानकारी दिएकी छिन।
मृतकका ११ वर्षीय छोरा आरव खनाल हाल प्रहरीको संरक्षणमा बाल मन्दिर, नक्सालमा राखिएको छ। उनको मावली पक्षसँग समेत सम्पर्क भइरहेको बताइएको छ।
घटनास्थलमा फेला परेका प्रमाणहरू र पोस्टमार्टम रिपोर्टले यो आत्महत्या नभई हत्या भएको देखाएको छ। "हत्याराले घटनालाई आत्महत्या जस्तो देखाउन र अनुसन्धान त्यतै तर्फ मोड्न घटनास्थलमा बिषादीको बट्टा राखिदिएको हुनुपर्छ," प्रहरी स्रोतले भन्यो । प्रहरीले यसबारे विस्तृत अनुसन्धान गरिरहेको छ। यो घटनाका अनुसन्धान गरिरहेको प्रहरी बृत्त गौशालाले भने अनुसन्धान भइरहेको घटनाका बारेमा अन्य जानकारी दिन नमिल्ने भन्ने थाप कुरागर्न अस्वीकार गरेको छ।
यस घटनाले पारिवारिक कलह र सम्पत्तिको विषयलाई लिएर हत्या हिंसाका घटना कति भयावह हुन सक्छन् भन्ने पुनः उजागर गरेको छ। प्रहरी प्रशासनले छिटो छानबिन गरी दोषीमाथि कारबाही गर्ने पीडित परिवारले माग गरेको छ । वर्किङ भिषामा हाल क्यानाडामा रहेकी मृतककी श्रीमती जिना महर्जनले दोषीलाई छोटो भन्दा छिटो कानुनी कठघरामा उभ्याउन माग गरेकी छन् । नेपालका आफ्ना श्रीमानको हत्याएको घटनाले आफ्नु पनि सुरक्षा चुनौती थपिएको भन्दै चिन्ता समेत प्रकट गरेकी छन् । नेपालकैरनसंग उनले भनिन्, "एकातीर श्रीमान गुमाउदाको पीडा छ, अर्कोतर्फ म नेपाल आउदा मेरो पनि असुरक्षा हुने भयो । मेरो नावालक छोराको सरकारले रेखदेख गरिदियोस् ।"
राष्ट्रिय समाचार समिति (रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न