
काठमाडौँ । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन ५ जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु भएको थियो । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् । २०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै संसदमा यो विषय उठेको हो ।
त्यही विषयलाई लिएर उपसभामुख रानामगरको आलोचना हुँदै आएको छ । सत्ता गठबन्धनले यही विषयलाई लिएर उपसभामुख रानामगरलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो । सत्ता साझेदार दलको सोमबार साँझ बसेको बैठकमा उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाएको हो । ‘उपसभामुखविरुद्ध परेको उजुरी गम्भीर प्रकृतिको छ, हटाउनेबारे छलफल भएको हो’ बैठकमा सहभागी एक नेताले भन्नुभयो । राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध उजुरी परेको छ ।
संसद् बैठकमा सांसदहरुले कुरा उठाएको र राज्य व्यवस्था समितिमै उजुरी परिसकेको विषयमा सत्तारुढको बैठकमा छलफल हुनु स्वाभाविक रहेको अर्का एक नेताले बताउनुभयो ।
‘हटाउने भन्ने कुराले राजनीतिक वातावरण राम्रो गर्दैन । तर उपसभामुखले गरेको काम गम्भीर प्रकृतिको छ’ उहाँले भन्नुभयो– ‘हामीले मार्ग प्रशस्त गरिदिन आग्रह गर्नेबारे छलफल भयो । गम्भीर प्रश्न उठेपछि मार्ग प्रशस्त गर्नु नै उचित विकल्प पनि हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक