
पर्सा । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान– चामलका आयातमा कमी आएको छ ।
भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८० र ८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार ४ सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ ।
आव २०७९ र ८० को तुलनामा आव २०८०÷८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो । सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ । सरकारले गत आवमा धान आयातवापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताउनुभयो । ‘वीरगञ्ज भन्सार कार्यालय हँुदै आयात हुने धान, चामलको परिमाण ठूलोमात्रामा घटिरहेको छ’ उहाँले भन्नुभयो– ‘धान, चामलको आयात मात्रै होइन । राजस्व सङ्कलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।’ वीरगञ्ज भन्सार कार्यालय हुँदै आव २०७९÷८० मा १३ अर्ब ७६ करोड रुपैयाँको धान आयात गरिएको छ । त्यो आवमा ३८ करोड ५५ लाख ८८ हजार ३ सय ३९ किलोग्राम धान आयात गरिएको थियो । त्यो धान आयात हुँदा सरकारले राजस्व बापत ६७ करोड ३४ लाख ६३ हजार रुपैयाँ सङ्कलन गरेको थियो ।
आव २०८० र ८१ म वीरगञ्ज भन्सार कार्यालय हुँदै एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार ३ सय ७३ किलोग्राम चामल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यो भन्सार कार्यालय हुँदै आयात हुने चामलको परिमाणमा ६३ दशमलव ८० प्रतिशतले कमी आएको छ । कार्यालयले चामल आयात वापत प्राप्त गर्ने राजस्व पनि ४१ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ । गत आवमा चामल आयात हुँदा राज्यले १९ करोड ८७ लाख ३० हजार रुपैयाा राजस्व सङ्कलन गरेको छ ।
आव २०७९ र ८० मा भने २ अर्ब ९५ करोड ९९ लाख ४४ हजार रुपैयाँ मूल्य पर्ने ३ करोड ६५ लाख ८२ हजार ६ सय ८३ किलोग्राम चामल आयात भएको थियो । त्यति चामल आयात हुँदा राज्यले २३ करोड ४३ लाख ८३ हजार राजस्व रुपैयाँ सङ्कलन गरेको थियो ।
गत आवमा धान र चामलको आयात घटे पनि खाद्यान्न मकैको आयात भने केही बढेको छ । आव २०८० र ८१ म खाद्यान्न मकै भने ५ अर्ब ५९ करोड १९ लाख एक हजार मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार एक सय ७३ किलोग्राम मकै आयात भएको छ । त्यो मकै आयात हुँदा राज्यले २७ करोड ७४ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
आव २०७९ र ८० को तुलनामा आव २०८० र ८१ खाद्यान्न मकैको आयात भने परिमाणमा ३ दशमलव ७२ प्रतिशतले बढेको छ । राजस्व रकम पनि अघिल्लो आवको तुलनामा १८ दशमलव ३६ प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन