+

जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट चालकलाई सकुशल उद्धार गर्ने ६  प्रहरी पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरीलाई पुरस्कृत गरेको हो । 

पाइलट शाक्यलाई सकुशल उद्धार  गर्नेहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार प्रहरी नायव उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।

त्यसदिन बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको  विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाले जीवन गुमाएका छन । दुर्घटनामा  जीवन गुमाउनेहरु  सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट