+

कीर्तिपुरका मेयर नकर्मीको निधन

काठमाडौँ  । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिनेछ । मेयर नकर्मीको श्रीमती, एक छोरा र एक छोरी  हुनुहुन्छ ।  नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।

नकर्मी  २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर बन्नुभएको हो । वामपन्थीको प्रभाव रहेको कीर्तिपुर नगरपालिकामा  कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनको कारण उहाँ मेयरमा निर्वाचित हुनुभएको हो । 

उहाँले नेकपा एमालेका रत्नकेशर बज्राचार्यलाई साढे ४ हजार मतान्तरले पराजित गर्नुभएको थियो ।  नकर्मी २०३६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आउनु भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै