
काठमाडौँ । युरोप, एशिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ।
कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सिथ्रिएस) को प्रारम्भिक तथ्याङ्कअनुसार सोमबार दैनिक औसत तापक्रम १७.१५ डिग्री सेल्सियस पुगेको थियो । यसको एक दिनअघि अर्थात् जुलाई २१ मा ०.०६ डिग्री सेल्सियस कम तातो थियो । यद्यपि, यो एक वर्ष पहिले रेकर्ड भएको सर्वकालिक उच्च तापमानभन्दा सामान्य बढी हो ।
पृथ्वीको तथ्याङ्क प्रयोग गरेर वास्तविक समयको नजिक विश्वव्यापी वायु र समुद्री तापमान अद्यावधिक गर्ने संस्था कोपर्निकसको आँकडा अस्थायी रहेको र अन्तिम मान धेरै फरक हुनसक्ने बताइएको छ ।
‘जलवायु विज्ञानले हामीलाई भनेको कुरा यही हो कि यदि विश्वले कोइला, तेल र ग्याँस जलाइरह्यो भने तापक्रम वृद्धिले भयावह स्थितिको सिर्जना गर्नसक्छ इम्पेरियल कलेज लण्डनका जलवायु वैज्ञानिक जोइस किमुताईले भन्नुभयो ।
सन् २०२३ को जुनदेखि हरेक महिना अघिल्लो वर्षको सोही महिनाको तुलनामा तापक्रम वृद्धि रेकर्ड मापन गरिएको छ, सीथ्रीएसका निर्देशक कार्लो बुओनटेम्पोले मङ्गलबार यसलाई ‘वास्तवमै आश्चर्यजनक’ भन्नुभएको छ ।
जलवायु परिवर्तनले लामो, कडा र अत्यधिक चरम मौसमी घटनाको जोखिम निम्ताइरहेको छ र यसले यो वर्ष संसारभरका ठूला विपत्तिलाई सङ्केत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन