
भोजपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताउनुभएको छ ।
समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत भोजपुरबाट फर्कने क्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उहाँले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा विकास गरेको बताउनुभयो । उहाँले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी तथा सुशासनको पक्षमा हुनुपर्ने र भेद्भाव र पक्षपात नगर्ने चरित्रको हुनुपर्नेमा जोड दिनुभयो ।
गत मङ्सिर १४ गतेदेखि सुरु भएको सङ्कल्प यात्राअन्तर्गत बुधबार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’