
सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ ।
नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताउनुभयो ।
बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा सो अस्पताल उद्घाटन गरिएको थियो ।
अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वयसमेत नगरी सो अस्पताल सारिएको नगर उपप्रमुख नितु थापा ९कोइराला०ले आरोप लगाउनुभयो । उहाँले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गर्नुभयो ।
उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले नगरपालिकाबाट आवश्यक सहयोग नगरेको भनि आएको समाचारप्रति नगरपालिकाले गहिरो दुख प्रकट गरेको छ ।
प्रादेशिक अस्पतालसँग पटकपटक समन्वय र सहकार्यका लागी आवश्यक छलफल भएको व्यहोरा जानकारी गराउँदै बेलवारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको नगर प्रवक्ता राईले जानकारी दिनुभयो ।
कोशी प्रदेशसभा सदस्य तथा बेलबारी पूर्वनगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनःस्थानान्तरणका लागि मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताउनुभयो । मुख्यमन्त्रीले चाडै कोशी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षकसहित सरोकारवालाको बैठक राख्ने बताएको सुवेदीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’