
काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका डोल्पाका उपाध्यक्ष मानबहादुर बूढा काठमाडौँमा कुटिएका छन् ।
समाजवादीका डोल्पा उपाध्यक्ष बूढालाई जीवन तिरुवा लगायतका युवा जत्थाले ‘लेनदेन कारोबार नमिलाएको’ भन्दै मंगलबार दिउँसो अनामनगरको ‘हिलीहाङ ग्रीन टी’ छेउमा लछारपछार पार्दै कुटेका हुन् । माओवादीको भातृसंगठनअखिल क्रान्तिकारीका नेता तिरुवा बौद्ध बहुमुखी क्याम्पस, काठमाडौँका स्ववियु पदाधिकारी हुन् । एकीकृत समाजवादीका युवा नेता बूढालाई ५, ७ जनाको युवा जत्थाले मुक्कैमुक्काले मुखमा हानेका थिए । बूढालाई उनीहरुले समाएर घिर्सार्दै लात्तीले जीउमा समेत हिर्काएका थिए । युवा जत्थाको कुटपिटबाट उपाध्यक्ष बूढाको अनुहारमा चोट लागेको छ । उपाध्यक्ष बूढालाई युवा जत्थाले निर्घात कुटपिट गरेपछि घटनास्थल वरपरका स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले त्यसपछि दुवै पक्षलाई नियन्त्रणमा लिएको छ ।
युवा जत्थाले एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बूढालाई कुट्ने क्रममा लमजुङका प्रदीप सिलवालको हेलमेटको सीसा (भाइजर) फुटेको छ । कुटपिट गर्ने समूहले सिलवाललाई त्यसको क्षतिपूर्ति समेत दिएका छन् । हेलमेटको सीसा फुटाएपछि कुटपिट गर्नेहरुलाई आफूले तत्कालै ६ सय रुपैयाँ तिराएको सिलवालले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’